बजाजको नयाँ शोरुम फिदिममा



काठमाडौं, (नेस)  ।

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले फिदिममा नयाँ शोरुम समृद्धि एन्ड ब्रदर्स प्रालि शुरू प्रोपराइटर सञ्जिव जोशीलाई डिलरसीप प्रदान गरिएको कम्पनीले जनाएको छ ।

नयाँ शोरुमले ग्राहकलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका जनरल म्यानेजर योगेन गुरुङले भन्नुभयो–‘हामी फिदिममा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं ।

हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । फिदिममा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौं कि यसले ग्राहकको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयँँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्