अंशियारहरुलाई तीनदिने स्पष्टीकरण



बालकृष्ण मैनाली

राज्यको स्रोत–साधनमा कब्जा जमाइराख्ने राजनीतिक अंशियारहरुविरुद्ध बराबरीको मागदाबी गर्दै भइरहेको झगडालाई सर्वोच्च अदालतको पछिल्लोपटक भएको तदारुकताको पैmसला र तत्काल पैmसला भएको दिनमै तयार भएको पैmसलाको पूर्ण पाठमा लिखित बुँदाहरुले राजनीतिक अंशियारमा तरंग पैदा भयो । २०७४ सालदेखि नेकपा नाम गरेको राजनीतिक दल अबदेखि हाम्रो पुख्र्यौली हो भनी मान्दै आएको कुरालाई तिमीहरुको पुख्र्यौली नेकपा होइन दुवैको पुख्र्र्यौली फरक–फरक हो, दुवै आ–आफ्नो पुरानै पुख्र्यौलीमा गएर अंश दाबी गर्नु भनी एकदिन पनि ढिला नगरी निर्वाचन आयोगसमेतलाई पैmसलाको पूर्णपाठको जानकारी पठाइएपछि थप अपुताली पाइन्छ कि भनेर अपुताली खोज्न गएका एउटै हाँगाका राजनीतिक अंशियारहरुलाई छटपटाहट उत्पन्न हुन पुग्यो ।

अर्कातिर स्रोत–साधनमा कब्जा जमाइराखेका समान धारका राजनीतिक अंशियारले मौकाको फाइदा उठाउँदै व्यक्तिअनुसार पाँचदेखि दशबुँदेसम्मका स्पष्टीकरणहरु सोध्न भ्याइसकेको छ । स्पष्टीकरणको जवाफ बुझाउने हदम्यादचाहिँ तीन दिनको राखिएको छ । मागिएको स्पष्टीकरणका बुदाँहरुमा १९ पेजे आरोप लगाउने कुराको मतियार बन्नुका कारणदेखि सांसदको किर्ते हस्ताक्षर गरी अविश्वास प्रस्ताव लैजाने प्रयाससम्मको बारेमा स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण सोधिएका अंशियारहरुले आफुहरुले स्पष्टीकरण नदिने बरु सक्छौ भने सबैलाई कार्यवाही गरेर देखाउन उल्टो चुनौती दिइएको कुरा सार्वजनिक भइसकेको छ ।यो आलेख छापामा आउन्जेल स्पष्टीकरण बुझाउने हदम्याद सकिसकेको हुनेछ । स्पष्टीकरणको हंगामाले व्यापकता पाएपछि दक्षिणी हावाहुरी धेरै चल्यो भन्दै उत्तरी हावा पुनः सक्रिय हुँदै दक्षिणी हावालाई पछिल्लोचोटि रोक्ने जमर्काे पनि यसबीचमा भइछाड्यो ।

नयाँ पुख्र्यौलीलाई मानेर अगाडि बढेका अंशियारहरुले कुनै पनि कोणबाट आउने हावाहुरीलाई सुझबुझका साथ उनीहरुलाई पत्तै नदिई जताबाट आएको हावा हो उतैतिर फर्काइदिएर नेपाली जनजनको हितमा दुनो सोझ्याउँदै अगाडि बढ्नुपर्ने अंशियारहरु विनाबित्था झगडा गरेर जग हँसाइरहेका छन् । पूर्व, पश्चिम, उत्तर, दक्षिण जतासुकैबाट होस्, जस्तो खालको हावाहुरी आए पनि चट्टानी दृढतामा आफुलाई उभ्याउने सामथ्र्य राख्न सकिनुपर्दथ्यो सबै अंशियारका सदस्यहरुले । जति मेहनत गर्दा पनि राम्रो हैसियत अनि छाती चौडा भएको र त्यागमा समर्पित सरकार गठन हुन नसक्नु नेपाली जनजनको विडम्बना नै भन्नुपर्दछ । आजसम्मको कुनै पनि शासकले आफुलाई कुनै पनि कालखण्डमा स्थापित गर्नै सकेन । विभिन्न दिशाहरुबाट आउने वा पठाइने विविध खाले कडा हावाहुरी त परै जाओस्, सामान्य हावाहुरी पनि थाम्न नसकेर कहिले कुन भित्तोमा त कहिले कुन भित्तोमा ठोकिन पुगेको यथार्थताले जनजनको मन भतभती पोल्ने गरेको छ । वर्तमान परिस्थितिमा कुन हावाको पल्ला भारी हुन जाने हो, केही समयपछिको राजनीतिक घटनाक्रमबाट पुष्टि हुनेछ ।

कहिले के तन्त्र त कहिले के तन्त्रको नाम भजाएर आफ्नो स्वार्थसिद्ध गर्ने राजनीतिक अंशियारहरुकोे जमातले देशको भविष्यमाथि गम्भीर खेलबाड गरिराखेका छन् । राजनीतिक अंशियारहरुको क्रियाकलापहरुलाई नियाल्दा वर्तमानका युवापुस्तालाई पनि अँध्यारोतिर धकेलिरहेको प्रतीत हुँदै छ । प्रत्येक पिँढीहरुमा उदाउँदै गरेका युवाहरुका जोश–जाँगरलाई राजनीतिक अंशियारहरुले आफ्नो स्वार्थमा भरमग्दुर उपयोग गरे, विविध अश्वासन बाँडे र जिन्दावाद-मूर्दावादको नारा लगाउन लगाए । विचरा ती युवाहरुले नारा मात्र लगाएनन्, राजनीतिक अंशियारहरुका निमित्त भनेर थुप्रैले आफ्नो जीवनको आहुति नै दिए । आन्दोलनलाई जर्जर बनाउने अभियानमा लागिपरेका मुकेसजस्ता युवा अहिलेसम्म बेहोसीको अवस्थामा खाटभन्दा दायाँ–बायाँ गर्ने अवस्थामा छैनन् । बेपत्ता पारिएका कतिपयको इतिहास नै हराइसक्यो ।होनहार युवाहरुलाई देशको विषयमा सार्थक सम्बोधन गर्ने अवसरबाट सधैँ वञ्चित नै तुल्याउने काम भयो । चिप्लो र आशारुपी अश्वासनको पोको मात्र वितरण गरी युवाहरुलाई आफ्नो स्वार्थको जालमा फसाउने धन्दाको निरन्तरता वर्तमानमा पनि जारी नै छ ।

विभिन्न कालखण्डमा भएका आन्दोलनहरुलाई विश्लेषण गर्दा देशमा जति पनि आन्दोलन भए ती सबै आन्दोलन अन्ततः राजनीतिक परिवर्तनको नाउँमा व्यक्तिगत स्वार्थपे्ररित आन्दोलनमा मात्र परिभाषित हुन पुगे ।सामाजिक कुसंस्कार र गलत प्रवृत्तिको परिवर्तनविरुद्ध आन्दोलन गरिएको भनिए तापनि व्यक्तिगत र स्वार्थपे्ररित विषयवस्तुहरु हाबी भइदिँदा आन्दोलनले बोकेको मर्म धराशायी हुन पुग्यो । जनजनका चाहना र आवश्यकताका विषयहरुमा सार्थक सम्बोधन हुनै सकेन । काँचा निर्दोष युवाहरुलाई भ्रममा पार्दै अश्वासनको पोकोमाफर्त जिन्दावाद र मूर्दावादको नारा लगाउन लगाएर आफु सत्तामा पुगेपछि ती कलिला काँचा निर्दोष युवाहरुको समस्यालाई सम्बोधन गर्नुभन्दा उल्टो उनीहरुलाई यो वा त्यो नाउँमा बलिको बोको बनाउने कार्य मात्र गरियो । त्यसको निरन्तरता अभैm जारी छ । यसबाट प्रत्येक जनजनले कहिले मुक्ति पाउने हो ? त्यसको कुनै टुंगो छैन ।

सत्तामा आसिन प्रत्येक शासकले देशले विकासको गति समात्यो भन्ने खालको भाषण सुनाउने धन्दा कहिल्यै रोकिएन । देशमा देखा परिरहेको संक्रमणकालीन अवस्थालाई सम्बोधन ग¥यौं भन्नु राजनीतिक अंशियारहरुको बेइमानीपन हो । राजनीतिक अंशियारहरुले विगतदेखि देखिँदै आएको आफ्नै आन्तरिक राजनीतिक संक्रमणकालको त अन्त्य गराउन सकेका छैनन् भने जनजनलाई बेला–कुबेला यो वा त्यो नामबाट थपिँदै गइरहेको पीडारुपी संक्रमणकालीन अवस्थाको अन्त्य भयो भन्नु हास्यास्पदबाहेक केही हुँदै होइन । कतिपय संक्रमणकालीन न्यायिक विषयहरु टुंग्याउन बाँकी नै छ । त्यसलाई सार्थक सम्बोधनको प्रयास गर्नु कता हो कता, बरु उल्टो एकथरी राजनीतिक अंशियार उस्तै परे थप संकटकाल लगाउन उद्यत् भएर तम्तयार अवस्थामा बसिरहेका छन् । देशमा कुनै पनि बेला जे पनि हुन सक्छ भन्ने मान्यतामा जनजनहरु पुगिसकेका छन् । कानुनी शासनको अवमूल्यन, भ्रष्टाचारको चरणबद्ध शृङ्खला, दोषीहरुलाई उन्मुक्तिमा व्यापकता, हरेक नियुक्तिमा क्षमता भएकोलाई भन्दा पनि भागवण्डालाई प्रश्रय, हरेक निकायहरु कर्मचारी प्रशासनदेखि न्यायपालिकासम्ममा भएको बेथिति र छिराइएको राजनीतीकरण राजनीतिक अंशियारहरुका लागि संघीयताका उपलब्धि ठहरिन पुगेका छन् ।

निर्वाचन चाहे त्यो समय सकिएपछि होस् वा कुनै कारणवश त्योभन्दा पूर्व नै होस्, गलत पात्रहरुलाई पाखा लगाउँदै तिनीहरुलाई कसरी सजायको भागीदार बनाउने भन्नेदेखि बाहेक जनजनमा अब विकल्प देखिँदैन । ती पुराना मै हुँ भन्ने पात्रहरुले देश लथालिंग पारिसकेका छन् । राजनीतिक प्रवेश नभएको कुनै ठाउँ छैन । विकृतिले प्रवेश नपाएको कुनै क्षेत्र छैन र भ्रष्टाचारले प्रश्रय नपाएको कुनै स्थान छैन । यस्तो अवस्था जसलाई ती पात्रहरुले जरो गाडेर राखेका छन् ती विकृतका खम्बाहरुलाई उखेलेर नफालेसम्म देश सुधारात्मक दिशातिर लम्किन त परै जाओस् सुधारको प्रवेशद्वारसम्म पनि पुग्न पाउँदैन ।दुवै फरक–फरक पुख्र्यौली भए पनि हामी दुवैले पुख्र्यौली फे¥यौँ नयाँ, पुर्खाको सन्तानको हैसियतले जनजनको प्रत्येक समस्याको सार्थक सम्बोधन गर्छौं भन्दै प्रत्येक जनलाई भ्रममा पारेर झन्डै दुई तिहाइको हाराहारीमा मत बटुली बनेको सरकार अन्ततः आफैले हामीले सरकार चलाउन सकेनौं भनेर संसद् विघटन गर्छन् । करिब दुई तिहाइको सरकारले सरकार चलाउन सक्दिन भन्नुको अर्थ सरकार स्वयं स्वतन्त्र नागरिकलाई सत्ता सुम्पन तयार छ भन्ने सन्देश प्रवाह भएको मान्नु जनजनको अतिसयोक्ति हुँदै होइन ।

राजनीतिक अंशियारहरुको घम्साघम्सी जारी छ । युवाहरुलाई थप दिग्भ्रमित बनाउँदै साम, दाम, दण्ड, भेदको प्रयोगमार्पmत् आ–आफ्नो दलमा मिसाउने प्रयत्न शुरु भैसकेको छ । प्रतिनिधिसभा पुनस्र्थापनापछि युवाहरुलाई प्रयोग गरी जिन्दावाद र मूर्दावादको नारा लगाउन अनि थपडी बजाउने कार्यको बोलकबोलको प्रतिस्पर्धा केही समय रोकिएको छ । तर पछिल्लो राजनीतिक घटनाक्रमले नारा लगाउन र थपडी बजाउने प्रयोजनको लागि बोलकबोलको प्रतिस्पर्धा चाँडै खुल्दै छ भन्ने सन्देश प्रवाह भैरहेको छ । थरी–थरीका राजनीतिक अंशियारहरुले अब कुनै पनि नाउँमा गरिने आन्दोलनको औचित्य के ? भन्ने कुरामा जनजन अचम्मित भएका छन् । यो विषयलाई कुनै राजनीतिक अंशियारहरुले जनजनलाई प्रस्ट पार्नुपर्ने आवश्यकता सम्झेका छैनन् । स्पष्टीकरण सोध्ने राजनीतिक अंशियार गुट र स्पष्टीकरण दिन्न भन्ने राजनीतिक अंशियार एवम् तिनलाई उचाल्ने गुटहरुले आ–आफ्ना भेलाहरु गराउन शुरु गरिसकेका छन् । प्रत्येक राजनीतिक अंशियारका गुटमा प्रायः एउटै युवाहरुको भेला हुन्छ । नागरिक अगुवाहरु भनाउँदा पनि मौसमी हुन थालिसकेछन् ।

मौसमअनुसार जसरी राजनीतिक अंशियारहरुले आफ्नो रुप बदल्ने गर्छन्, त्यसको रोग नागरिक अगुवाहरुमा पनि सरिसकेछ । राजनीतिक अंशियारहरुको स्वार्थकेन्द्रित घम्साघम्सीमा आफ्नो अनुकुल देखिनेबबित्तिकै आफैले सत्तोसराप गरेको राजनीतिक अंशियारलाई यो अंशियार ठीक छ भन्न नागरिक अगुवा भनाउँदाहरुलाई किञ्चित लघुताभाष पनि भएन ।पछि स्थापित पुख्र्यौलीलाई आत्मसात् गरी राज्यको स्रोतलाई दोहन गर्दै आइरहेका अंशियारहरुलाई नयाँ पुख्र्यौली कायम गरेर राज्य–स्रोतको दोहन गरेको मिलेन, तिमीहरुको आ–आफ्नै पुरानै पुख्र्यौलीमा जाओ भनेर अदालतले पठाइसकेपछि आजसम्म गरेको राज्य–स्रोतको दोहनको भर्पाइ जनजनलाई गर्नुपर्छ कि पर्दैन ? भन्ने टड्कारो प्रश्न उठेको छ । जनजनले प्रत्येक पाइ–पाइको हिसाब यी राजनीतिक अंशियारहरुबाट खोज्नै पर्दछ । अर्थात् नेकपा नामको पुख्र्यौली न्वारान गरेर तीन वर्षसम्म राज्यको ढुकुटीमा ब्रह्मलुट मच्चाइरहेको अवस्थामा अदालतले नै नेकपा नामको पुख्र्यौलीलाई मान्यता नदिएपछि नेकपा नामबाट खर्च भएको राज्यको स्रोतको दुवै अंशियारहरुबाट असुलउपर त गर्नै पर्छ । जनजनको मत नेकपामा गएको हो, एमाले र माओवादीमा होइन । नेकपा कायम नरहेपछि नेकपाको नाउँमा भए-गरेका काम कारबाही स्वतः बदर हुने कुरा लाटालाई पनि थाहा छ । उत्पन्न हुन सक्ने थप द्वन्द्वलाई बेलैमा सम्बोधन गर्ने हो भने देशमा विशेष परिस्थिति सृजना भएको कारणले वर्तमान सरकार विघटन गरी सर्वदलीय सहमतिको आधारमा जनजनबाट प्रतिनिधित्व हुने गरी बाँकी अवधिको लागि कम्तीमा सातदेखि बढीमा दशजनासम्म मन्त्री रहने गरी सरकार गठन हुनु उपयुक्त हुनेछ । यो संविधानतः पनि असम्भव छैन र तत्काल यो कार्य हुन पुग्यो भने तत्काल देखिन आएको द्वन्द्व निराकरणको निमित्त कोसेढुंगा साबित हुन सक्छ ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्