सुरुङ मार्गको शेयर फिर्ता गराउन अभियान शुरु



रोशन पराजुली, हेटौंडा  ।

बागमती प्रदेश सरकारको गौरव योजनाका रुपमा ञपोस्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङ मार्गु बनाउने निश्चित भएपछि नेपाल पूर्वाधार कम्पनीले संकलन गरेको सर्वसाधारणको रकम फिर्ता गराउन स्वतन्त्र जनदबाब अभियान शुरु भएको छ।

स्वतन्त्र जनदबाब अभियान संयोजक अनिलकुमार खातीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ज्ञापनपत्र बुझाएर जनदबाब अभियान शुरु गर्नुभएको छ।कम्पनीले सात वर्षअघि सुरुङ मार्ग निर्माणका लागि जारी गरेको शेयरमा मकवानपुरका तत्कालीन जिविस, हेटौंडा नगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघलगायत विभिन्न संघ संस्था र धेरै जनताको २३ करोडभन्दा बढी लगानी परेको बताइएको छ।ज्ञापनपत्र बुझाउने क्रममा संयोजक खातीले जनताले नाककानका सुन, खसीबोका, कुखुरा बेचेर गरेको लगानी काम नहुने भएपछि फिर्ता गनुपर्नेमा नेपाल पूर्वाधार कम्पनीले त्यसो नगरेकाले लगानी फिर्ता गराउन अभियान शुरु गर्नुपरेको बताउनुभयो।

उहाँले सर्वसाधारणको त्यत्रो ठूलो लगानी फसेकोमा ध्यान नदिई बागमती प्रदेश सरकारले हेटौंडाभीमफेदी कुलेखानी काठमाडौं सुरुङ मार्ग आफैंले निर्माण गर्ने उद्घोषसहित कार्यालय स्थापना गर्नु लाजमर्दो भएको टिप्पणी पनि गर्नुभयो। २०६८ भदौ २० गते स्थापना भएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड २०६९ माघ २४ गते कम्पनी रजिस्टझार कार्यालयमा दर्ता भएको हो। कम्पनीमा १ सय ५९ जना संस्थापक शेयर धनी छन्। कम्पनीले २०६९ जेठ १ गते सरकारसँग प्रारम्भिक परियोजना सझौता गरी अनुसन्धान कार्य शुरु गरेको थियो। कम्पनीले विसं २०७० जेठ १ गते नेपाल सरकारबाट सुरुङ मार्ग निर्माणको अन्तिम स्वीकृति पाएको थियो।

प्रतिक्रिया दिनुहोस्