कानुन संशोधन नगरी मुद्दा फिर्ता लिन नमिल्दैन: कानुनविद्

रेशम चौधरीमाथिको मुद्दा फिर्ता लिन चौतर्फी दबाब



 

विकास भद्मराई, काठमाडौं  ।

प्रतिनिधिसभाका सदस्य रेशम चौधरीमाथि लागेको आरोप कानुनबमोजिम फिर्ता लिन नमिल्ने देखिएको छ। चौधरीमाथि व्यक्ति हत्या गरेको आरोप लागेको मुद्दा फिर्ता लिन चौतर्फी दबाब आएको भए पनि कानुनअनुसार मागबमोजिम गर्न नमिल्ने देखिएको हो। स्वयं सरकारी वकिलले पनि सो मुद्दा फिर्ता लिन नमिल्ने उल्लेख गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा टिकिरहन धेरै सांसदहरुलाई खुसी पार्नुपरेको छ। प्रतिनिधिसभामा चौथो ठूलो दलका रुपमा रहेको जनता समाजवादी पार्टीले यही मौकामा चौधरीमाथि लागेको आरोपको मुद्दा फिर्ता लिनुपर्ने अडान लिइरहेको छ। तर, मुलुकी फौजदारी कार्यविधि संहिता२०७४ को दफा ११६ को उपदफा (८) बमोजिम सो मुद्दा फिर्ता लिन नसकिने देखिएको छ।चौधरीमाथि केही वर्षअघि भएको आन्दोलनमा प्रहरी अधिकृत, नाबालकसहित ८ जनालाई हत्या गरेको आरोप लागेको थियो। सो आरोप ठहर गर्दै कैलाली जिल्ला अदालतले चौधरीलाई जन्मकैद हुने ठहर गरेको थियो। सो फैसलाविरुद्ध चौधरीद्वारा पुनरावेदन गरिएकोमा उच्च अदालत, दिपायलले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो।

त्यसपछि चौधरीद्वारा सर्वोच्च अदालतमा पुनः पुनरावेदन दिइएको छ। सो मुद्दा हाल पनि विचाराधीन अवस्थामा छ। कानुनमा कुनै पनि मुद्दा पुनरावेदनलगायतको अवस्थामा छ भने त्यस्तो मुद्दा फिर्ता लिन नसकिने गरी व्यवस्था गरिएको छ।संहिताको दफा ११६ को उपदफा (८) मा भनिएको छ+ ञदफा ११६ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पुनरावेदन, साधक जाँच वा पुनरावलोकनको रोहमा वा मुद्दा दोहोड्डयाउने अवस्थामा विचाराधीन रहेको मुद्दा फिर्ता लिन सकिने छैनमहान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता तथा प्रवक्ता सञ्जीवराज रेग्मी सो कानुनी प्रावधानअनुसार चौधरीको मुद्दा सरकारले फिर्ता लिनका लागि कुनै कदम चाल्न नमिल्ने बताउनुहुन्छ। ञकानुनमा पुनरावेदन दर्ता भएको मुद्दा फिर्ता लिन नसकिने भन्ने उल्लेख भएको र चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेकाले सो मुद्दा फिर्ता लिन मिल्दैन। उहाँ भन्नुहुन्छ।

यही कानुनी व्यवस्था रहँदारहँदै चौधरीको मुद्दा फिर्ता लिन नमिल्ने भन्दै कानुनविद्हरु यदि फिर्ता नै लिने हो भने कानुन संशोधन गर्नुपर्ने बताउँछन्। प्रवक्ता रेग्मी कानुन संशोधन नगरी सो मुद्दा फिर्ता लिन नमिल्ने उल्लेख गर्नुहुन्छ।अर्कोतर्फ संहिताको दफा ११६ (२) (क) अनुसार पनि सो मुद्दा फिर्ता लिन नमिल्ने बताइन्छ। त्यसमा झुटा राहदानी वा नागरिकता, अध्यागमन, भ्रष्टाचार, मानव बेचविखन तथा ओसारपसार, लागूऔषध ओसारपसार वा कारोवार, वन्यजन्तुको अवैध शिकार तथा व्यापार, सार्वजनिक उपभोगका वस्तुमा बिष मिसाएको, बिष प्रयोग गरी वा क्रूर, अमानवीय तवरले वा नियन्त्रणमा लिई ज्यान मारेको, सम्पत्ति शुद्धीकरण, प्राचीन स्मारक संरक्षणसम्बन्धी मुद्दा फिर्ता लिन नसकिने गरी व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्