बाजुरामा अनिश्चितकालिन लकडाउन घोषणा



न्युज अफ नेपाल, काठमाडौं ।

बाजुरा जिल्लामा अनिश्चितकालीन लकडाउन घोषणा भएको छ । भारतमा कोरोना महामारी बढेसँगै नेपाल जिल्ला भित्रिनेको संख्या बढेका कारण लकडाउन गरिएको बतार्ईएको छ । गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय बाजुराले गएराति १२ बजेबाट लकडाउन लागु गरेको हो ।

जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णय समेतको आधारमा रही स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा सङ्क्रमण रोग ऐन २०२० दफा २ ले दिएको अधिकार समेत प्रयोग गरी निषेधाज्ञा जारी गरीएको जनाइएको छ । यस्तै लकडाउन अवज्ञा गरेको पाइएमा सङ्क्रमण रोग ऐन २०२० को अनुसार कानुनी कारबाही गरीने उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्