नेता जोशीको अन्त्येष्टि आज, कांग्रेसद्वारा आकस्मिक बैठक आह्वान



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार साँझ ८ः२४ बजे निधन भएको हो । मस्तिष्क घात भएपछि गत फागुन १४ गते उनलाई नर्भिकमा भर्ना गरिएको थियो ।

उनको शव अन्तिम श्रद्धान्जलीका लागि शनिबार बिहान १० बजेदेखि १ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । त्यस्तै, जोशीको निधनपछि कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्