कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन



न्युज अफ नेपाल, काठमाडौं ।

कांग्रेसका नेता नबीन्द्रराज जोशीको निधन भएको छ । जोशीको उपचारका क्रममा शुक्रबार राति ८ : २४ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

नेता जोशीलाई केही दिनअघि मष्तिश्कघात भई काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्