ओलीले गरेका एक्लौटी निर्णय खारेजीको माग राख्दै बैठकबाट बाहिरिए खनाल



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको एक्लौटी निर्णय फिर्ता नभएसम्म पार्टी एक ढिक्का नहुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी भएका खनालले २ जेठ २०७५ को अगाडिकै अवस्थामा एमाले सञ्चालन हुनुपर्ने बताए छन् । ‘यो भन्दा अगाडि गरिएका निर्णयहरु फिर्ता लिएर जेठ २ गते पुग्ने अवस्था सिर्जना नगरिए पार्टी एकढिक्का सहित परिचालित हुन सक्दैन’, खनालले भने । आफ्नो कुरा राखेसँगै खनाल बैठकबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्