त्रिभुवन विमानस्थल बन्द



Fog seen after light shower in the capital on Sunday. January 1, 2017. PHOTO/SANJOG MANANDHAR

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको आकाशमा बाक्लो तुवाँलो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द भएको छ । तुवाँलोले गर्दा भिजिबिलिटी कम भएपछि उडानहरु प्रभावित भएका छन् ।

विमानस्थलका कर्मचारीका अनुसार दिउँसो २ बजेदेखि उडान तथा अवतरण बन्द गरिएको छ । आन्तिरिक उडानहरु बन्द गरिए पनि यस्तै अवस्था रहे काठमाडौंतर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडान पनि ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था आउसक्ने जनाइएको छ । मौसम सफा भएसँगै उडान सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्