प्याकुरेल बने राष्ट्रियसभामा एमाले संसदीय दलको नेता



न्युज अफ नेपाल, काठमडौँ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा दलको नेता चयन गरेका छन् ।

ओलीले सुमनराज प्याकुरेललाई दलको नेता चयन गरेका हुन् । सर्वोच्च अदालतको गत २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेको तर्फबाट प्याकुरेल दलका नेता चयन भएका हुन् । यस अघि साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा राष्ट्रियसभा दलको नेता दिनानाथ शर्मा थिए ।

प्रतिक्रिया दिनुहोस्