प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ



न्युज अफ नेपाल, काठमाडौं ।

प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ लिम्बु, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री राम राना र भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घले र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश १ का प्रमुख सोमनाथ प्यासीले शपथ खुवाएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाएका आङ्बुहाङले एमाले छोडेर एमालेमा आएका माओवादी केन्द्रका सांसद हुन् ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा पनि उनले मुख्यमन्त्रीलाई साथ दिएका थिए । मुख्यमन्त्री राईले भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रहेका मगर र भौतिक पूर्वाधार विकास राज्यमन्त्री गुरुङलाई बढुवा गर्दै फुल मन्त्रीको जिम्मेवारी दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्