सामान्यरुपमा बाँचेकाहरुको कथा ‘रूखहरूको मृत्युु’



सुजन तिमल्सिना

एउटा अपरिचित मानिससँगको पहिलो भेटमा हुने आत्मीयता, ऊसँग नजिकिँदो दिनचर्या, मायाको लागि वा उसको लागि आफूले चाल्नुपर्ने बाध्यात्मक परिस्थितिहरूको यथेष्ट वर्णन गरिएको पुस्तक हो रूखहरूको मृत्यु । मानिसमा हुने अनेक प्रकारका गुणहरूमध्ये कसैको मायामा लिप्त हुनु, अरूको चाहना विपरीत ऊमाथि हुने व्यवहारहरू, पात्रहरूले प्रयोग गरेका सटिक शब्दहरूको सटिक प्रयोगबाट निर्माण भएका वाक्यहरूले निकै सहजरूपमा पाठकको ध्यान खिच्न सक्छ ।

प्रशान्त शर्माद्वारा लिखित ‘रुखहरुको मृत्यु’ पुस्तक कथ्य शैलीमा रहेको छ । कथाहरूमा केही कौतुहलतापूर्ण विषयवस्तुहरू समावेश भएका छन् । कहीँ–कतै पाठक अलमल पर्ने खालको विषयवस्तुहरू समावेश भएको पनि पाइन्छ । पुस्तक लेखन एक आफंैमा महत्त्वपूर्ण कार्य हो ।पुस्तकमा मानिसलाई एउटा सरल तथा परिस्कृत समय नियतिले कसरी डो¥याउँछ, कहाँ र कुन अवस्थामा कसरी लगेर छोडिदिन्छ, जहाँ एक पात्रको जीवनमा आइलाग्ने प्रेम, परिवार, पैसा, नियति, दोधारेपनलगायत यावत् तत्त्वहरूले के–कस्ता प्रभावहरू पार्दछन् ? गाउँबाट शहरमा आई आफूले गर्नुपरेको संघर्ष तथा बाध्यतालाई यथास्थितिबाट उजागर गरी आफ्नो भविष्य खोज्ने जो–कोहीका लागि पनि यो पुस्तक सटिक तथा जीवन्त लाग्न सक्छ । पहिला सामान्य कथावस्तुबाट उठान गरिएको पुस्तक यति बृहत्रूपमा दोस्रो भूत र वर्तमानलाई सँगसँगै प्रस्तुति गरिएको उक्त पुस्तकमा जहाँ मानव जीवनमा नितान्तरूपमा आइपर्ने घटनाक्रमहरूको यथार्थता बताइएको छ ।

पात्र लिनिया एउटा विदेशी नागरिक थिइन् । उनी एउटा काम विशेष प्रोजेक्टका लागि नेपाल आएकी थिइन् । तर, कथाको विषयवस्तु सकिँदासम्म उनी कुन प्रोजेक्टका लागि नेपाल आएकी थिइन् ? त्यो कुरा कतै पाइँदैन । त्यसैले यो कुराले पनि प्रचुर सम्भावना बोकेको पाइन्छ । अमित यति धेरै लिनियासँग र विराटनगरमा एउटा कार्यक्रममा भेट भएकी केटीसँग कालान्तरमा एउटा घनिष्ट मित्रका रूपमा परिणत हुनुले पनि कथाको मर्मलाई बाँधेको छ । कृपालाई काठमाडौंमा एकजना अपरिचित मानिसले एउटा बूढी आमालाई केही समयसम्म मेरो बच्चा हेरिदिनुस् भनेर थमाएको र आफू गायब भएर सात–आठ वर्षपछि आफ्नो छोरीको खोजीमा पुनः नेपाल फर्किनुले एउटा आमाले आफ्नो छोराछोरीमाथि दर्शाउने प्रेमको बयान गर्न खोेजेको छ ।जीवनका आयामहरू विविध हुन्छन् । कति आयामहरू थपिँदै जान्छन्, कति आयामहरू छुट्दै जान्छन् । यो कुरा लिनिया काठमाडौंबाट फर्किएपछि लेखिएको छ, जहाँ बाल्यकालको कुरालाई जोडिएको छ । लिनियासँग यति धेरै नजिक हुनुको कारण पात्र अमित कुनै असल साथीको खोजीमा थिए । उनले आफू एक्लो भएका कारण आफ्नो जीवनमा एक्लोपन महसुस् नहोस् भन्नका लागि उनले लिनियासँग पहिलोपटक सार्वजनिक बस नेपाल यातायातमा भेटेका थिए ।

नेपाल यातायातमा सधैँ सिट पाउन निकै गाह्रो तर अमित आउने दिन बस आधामात्र भरिएको कुरा यहाँ बताइएको छ । फेरि, लिनिया अमितकै क्षेउमा आएर बस्नु, चक्रपथ बस्ने अमित थापागाउँमा ९ वर्षदेखि रोडियोमा समाचार सम्पादन गर्दथे । उनी रोडियोमा थप केही कार्यक्रम चलाउन र आफू चर्चामा आउन चाहन्थे । उनी रोडियोबाट टेलिभिजनको यात्रा गर्न नसक्नुले अमितमा केही कमजोरी हो कि भन्ने भान हुन सक्छ ।कथावस्तु दुई तरिकाबाट अगाडि बढेको छ । एउटा आफ्नो व्यक्तिगत जीवनको पाटोलाई डो¥याएका छन् भने अर्कोतिर आफ्नो संघर्षबाट माथि उठेको जिन्दगीलाई कथामा ढाल्न खोजिएको छ । भूत र वर्तमानलाई सँगसँगै ढाल्न सक्नु लेखकको एउटा महत्त्वपूर्ण पाटो हो । कथाको अन्तरालमा एउटा लेखकको नजरबाट हेर्दा देखिने प्रेम र मानिसले साधारण तरिकाबाट हेर्दा देखिने प्रेमलाई उद्घोष गर्न खोजिएको छ ।अमित साहित्य क्षेत्रमा पनि सक्रिय हुनु र व्यस्तताका बाबजुद विराटनगरमा एउटा कार्यक्रममा सामिल हुँदा एउटा साथीको रूपमा पाएको कृपासँगै यति धेरै माया, प्रेम तथा उनीसँगका पलहरू यति महत्त्वपूर्ण हुनुका कारणले पात्र अमित नारी पात्रसँग पूरा खुलेको महसुस गर्न सकिन्छ ।

कृपाले पनि आफू वृद्धाश्रम छोडेर आएको र काठमाडौंमा अन्जान रहेकीले अमितको सहयोगमा एउटा होस्टेलमा बसेर पढाइसँगसँगै सानोतिनो जागिरका लागि गुहार्नु, अमितसँगै उसले बिताएका दिनचर्याहरू र उनीहरूबीच भएका माया–प्रेमहरू पठनीय छन् ।पुस्तकमा लेखक शर्माले आफूलाई विविध घटाहरूको साक्षीका रूपमा प्रस्तुत गरेका छन् । पुस्तकको नाम झट्ट सुन्दा मानिसहरूले यसलाई वातावरण तथा पर्यावरणको विश्लेषण गरी लेखिएको अनुमान लगाए पनि पुस्तकमा कुनै पनि वातावरणसँग मिल्दोजुल्दो कुराहरू पाइँदैन ।नितान्त फरक ढंगबाट हालको अवस्थामा साधारण मानिसको जीवन्त कथालाई एउटा पाठकीय दृष्टिकोणमा र लेखकीय दृष्टिकोणबाट सटिकरूपमा आफ्नो रहर एवम् बाध्यताको वरिपरि घुमी–घुमी पुस्तक तयारी पारेर अनेक घटनाहरूको साक्षीका रूपमा प्रस्तुत गरिएको छ । कथामा उनले छोडेको पुस्तक कृपाको हातमा पर्न पुगेपछि उनको र कृपाको सम्बन्ध नजिकिँदै गएका कुराहरू प्रस्ट पारिएको छ । कथामा कृपा अमितको घर गएको र उनीहरूबीचको घनिष्ट प्रेमलाई विवाहमा परिणत गर्ने कुराले पनि केही अंश रोचक बनाएको छ ।

कथामा भूकम्पका कुराहरू पनि बताइएको छ । काठमाडौंको यति साँघुरो बस्तीमा भूकम्पले पारेका क्षतिहरूको पनि समयानुकूल वातावरण परिस्थिति सिर्जना गरेको छ । यी कुराहरूको आधारमा कथाको विषयवस्तु भूकम्पपश्चात् २०७३ सालपछि लखिएको कुराहरू अनुमान लगाउन सकिन्छ ।पुस्तकमा केही विमेलका कुराहरू पनि छन् । कथा पढिरहँदा अगाडिको केही अंशहरूले मानिसलाई अल्छी लगाए पनि पछिल्लो कथावस्तुले मानिसको निकै नै ध्यान केन्द्रित गर्नेछ । कथा कहीँ–कतै फितलो हो कि भन्ने अनुमान गर्न सकिन्छ । किनकि, कथामा घटेका घटनाहरू एकपछिको अर्को घटनामा त्यति धेरै अन्तर पाइँदैन । कथाले मागेको समय र कथामा घटेका घटनाहरू समयानुकूल रहे तापनि कथाले केही रहस्यमय कुराहरू पनि बोकेको पाइन्छ ।कथाको अन्तिम भागमा अर्थात् लिनियाले छोडेको पत्रका कारण नमोबुद्ध गएका साथीहरू र अमित कृपा हराएपछि निकै दिन खोजीमा रहन्छन् । यति धेरै माया, प्रेम र नाजायज सम्बन्धमा बाँधिएकी कृपा हराउनुले उनीहरूबीचको सम्बन्धमा केही खटपट देखाउन खोजेको छ ।

अमित, तिम्रो र कृपाको सम्बन्ध सधैँ सुरम्य हरोस् । कृपाको तस्वीर पठाइदेऊ । तिमी अब आफ्नो मानसपटलबाट आजसम्मका सबै नाजायज सम्बन्ध तथा हरेक कुराहरू म र कृपासँगै भएका कुराहरू बिर्सिदेऊ । यो कुराले पात्र अमित निकै नै द्वेषपूर्ण रहेको देखाएको छ ।समग्रमा पुस्तक निकै राम्रो रहेको छ । साहित्य जगत्मा एउटा इँटा थप्ने हेतुले लेखिएको पुस्तक लेखक शर्माको पहिलो कृति हो । नवीनतम लेखकले नयाँ सोच, विचार र विविधतालाई एकत्रित गर ितयार पारिएको कृति निकै सुन्दर हरेको छ । कथा तथा विषयवस्तुले प्रभाव पार्ने कुरा एकापट्टि छ भने लेखककले आफ्नो दुईवटा जीवनको सँगैसँगै अगाडि बढाएको कहानी अझै रोमाञ्चक रहेको छ ।वास्तवमा नै शर्माले चाहेका भए यस पुस्तकलाई अझै सुन्दर तथा उत्कृष्ट कृति बनाउन सक्थ्ये तर पुस्तकले मागेका कुराहरूमा सीमित रही उनले लेखेको यो नवीनतम् कृति वास्तविक हरेक मानिसको जीवनसँग मेल खान जाने किसिमको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्