नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका फेरि परिवर्तन



न्युज अफ नेपाल , काठमाडौं ।

नेपाल पत्रकार महासंघले निर्वाचन कार्यतालिका फेरि परिवर्तन गरेको छ । महासंघले बिहिवार साँझ एक सूचना प्रकाशित गर्दै निर्वाचन कार्यक्रम हेरफेर गरिएको जनाएको हो ।

सूचनामा नेपाल पत्रकार महासंघको मिति २०७७ चैत २५ गते सम्पन्न हुने निर्वाचनको लािग यसअघि प्रकाशित निर्वाचन कार्यक्रम परिवर्तन गरी अन्तिम मतदाता नामावली प्रकाशन चैत्र १३ गते साँझ ५ बजेसम्म तोकेको छ ।

उक्त उम्मेद्वारको मनोनयन १४ गते बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म, उम्मेद्वारको नामावली प्रकाशन सोही दिन साँझ ६ बजे र उम्मेद्वार उपर दाबी विरोध चैत १७ गते दिउँसो १ बजेसम्म गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्