एनएमबि बैंकले शुरू गर्‍यो डलर कार्ड



काठमाडौं, (नेस)  ।

नेपाल राष्ट्र बैंकले ल्याएको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी प्रतिपत्र कार्यान्वय गरेको छ । उक्त प्रावधान अनुरुप अब एकैपटक वा पटक–पटक गरी बार्षिक ५ सय अमेरिकी डलरसम्म वा सो बराबर अन्य परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्डमार्फत् अनलाइन कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित खाता खोली विदेशबाट पाइने सुविधाहरु जस्तै अनलाइन प्रवाह हुने सेवा (भारतमा बाहेक) जस्तै नेटफ्लिक्स, सपिङ, शिक्षा लगायत आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसायलाई आफैंले भुक्तान गरी तत्कालै प्रवद्र्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।

बैंकको १८० वटै शाखामा यो योजना सञ्चालनमा छ । जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ । बैंकले शाखाहरु साथै देशभरीका १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्