ओछयानमै थलिए मल्ल



;~rf/sdL{ dNn d’u’ % r}t . ;~rf/sdL{ ;’dg dNn . dw’d]x, afy / pRr /Strfksf lj/fdL dNn cfly{s cefjsf sf/0f pkrf/ ug{ g;Sbf 5fofFgfy gu/kflnsf–! l:yt 3/df ylng’ ePsf] 5 . t:jL/M g[k]Gb|axfb’/ dNn, /f;;

मुगु, (नेस)।

अगेनामा आगो बलिरहेको छ, ओदानमाथि एउटा ताप्केमा पीठो र केही चामलका मुठी फतफत पाकिरहेको आवाज आइरहेको छ। चुलोको दायाँपट्टी दुई छोरी एक छोरा आगोमा हात फिजाएर आगो तापिरहेका छन्। एक अधवैंशे महिला भित्र–बाहिर गर्दै केही खोजिरहेकी छन्।

चुलोको पूर्वपट्टी भुइँमा एक थान कपडा ओछ्याइएको छ, त्यसमाथि एउटा महिलाको पातलो सल ओडेर गोडामाथि हात राख्दै बसेका एक व्यक्ति मलीन अनुहार लिएर टोलाइरहेका छन्। लाग्छ उनी आफ्नो सामुन्ने बसिरहेका ३ बालकका बारे सोचेर टोलाइरेका छन्। यो कुनै सिनेमा वा कुनै नाटकको नभई एक पत्रकार तथा कलाकारको घरमा देखिएको वास्तविक दृश्य हो।पत्रकार तथा कलाकार सुमन मल्ल मधुमेह, बाथ र उच्च रक्तचापले थलिएपछि आर्थिक अभाव र गरिबीका कारण उपचार गर्ने आर्थिक क्षमता नहुँदा यसरी नै मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ ठिनी टोलमा रहेको आफ्नो घरमा १ वर्षयता दिन कटाउँदै आइरहेका छन्।

मल्लले कर्णालीको यथार्थ जीवनमा आधारित चर्चित नाटक कर्नाली दख्खिन बग्दोछ र कर्नालीबासीलाई सपना देखाउने गरी बनाइएको अर्को चर्चित नाटक सुइना कर्नालीको नाटकका मुख्य पात्रका रूपमा अभिनय गरेका थिए। रोग, भोग र विकटतामा रहेर कष्टकर जीवन बिताउँदै आएका कर्णालीबासीको जीवन नाटक र पत्रकारितामा उतार्दै सयांैको पीडामा मल्हम लगाएका मल्लले १ वर्षबाट ओछ्यानमै थलिँदा पनि कोही सहयोगी मन भेटाउन सकेका छैनन्।

घरको अवस्था बिहान–बेलुका छाक टार्न धौ–धौ पर्ने गरेको छ। त्यसमा तीन छोराछोरीलाई पाल्नुपर्ने, बुढी आमा र श्रीमतीकोे मायाको पिरोलो रहेको, रोग सामान्य भए पनि औषधि गर्ने एकसुको पनि नहुँदा ओछ्यानमै थलिनुपरेको उनले बताए। लामो समयदेखि मुगुमा बसेर विभिन्न राष्ट्रिय दैनिक तथा स्थानीय रेडियो मुगुमा स्टेसन इन्चार्जका रूपमा काम गर्दै आएका मल्ल थलिएपछि २ वर्षयता समाचार र नाटक लेख्न तथा खेल्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्