गृहमन्त्री थापा आन्दोलनकारीसँगै सडकमा



काठमाडौं, (नेस)  ।

सरकारसँग विभिन्न माग राख्दै माइतीघर मण्डलामा दिनहुँजसो जुलुस र धर्ना हुँदै आएको छ। सरकारसँग असन्तुष्टि राख्दै प्रदर्शन हुने मुख्य थलो पनि माइतीघर मण्डला नै हो। धर्ना जुलुस र प्रदर्शनमा असन्तुष्ट समूह हुनु स्वाभाविकै मानिन्छ।

सरकारलाई आफ्नो माग पूरा गराउन दबाब दिने सार्वजनिक थलोका रुपमा मण्डलाले आफ्नो पहिचान नै बनाएको छ। मण्डलाबाटै विभिन्न राजनीतिक दल, समूह र संघसंस्थाले सरकारको विरोध गर्दै आएका छन्। तर बिहीबार माइतीघर मण्डलामा अनौठो दृश्य देखियो। जेलमा रहेका सांसद रेशम चौधरीलाई र लक्ष्मण चौधरीलगायतको मुद्दा खारेज गर्नुपर्ने माग राख्दै आयोजित विरोधसभामै पुगेर गृहमन्त्री रामबहादुर थापा पनि धर्नामा बस्नुभयो। विरोधसभामा सहभागीहरु गृहमन्त्री नै धर्नामा सहभागी भए पनि अनौठो मात्र मानेन आश्चार्य नै व्यक्त गरे।

थारु कल्याणकारिणी सभा, थारुहटथारुवान् संयुक्त संघर्ष समितिले माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी थापाले सडकमा बसेर सम्बोधन गर्नुभयो। सुरक्षाकर्मीको घेरामा बसेर उहाँले आन्दोलनकारीको १९ बुँदे समस्या र मागबारेमा सरकारको ध्यान गएको बताउँदै असन्तुष्ट पक्षलाई सम्झाउने कोसिस गनुभयो। सम्बोधनको क्रममा उहाँले भन्नुभयो ञसरकारको तर्फबाट म यहाँ उपस्थित छु। तपाईंहरुको समस्या समाधान गर्न सरकारले अब छिद्मै वार्ता टोली गठन गर्छ। तपाईंहरुले पनि धर्ना छाडेर वार्ता टोली गठन गर्नुस्। हामी वार्ता टोली गठन गर्छौं। वार्ता र संवादबाट यसलाई हल गरौं।

जनता समाजवादी पार्टी नेपालले रेशम चौधरीको रिहाइको एजेन्डासहित सरकारसँग वार्ता गरिरहेकै समयमा अन्य पार्टीमा संघसंगठनले समेत चौधरीको रिहाइको मागसहित आन्दोलनको कार्यक्रम अगाडि बढाएका छन्।

प्रतिक्रिया दिनुहोस्