आफ्नो जग्गा कहाँ छ अत्तोपत्तो छैन कर मात्रै बुझाउँछ खाद्य संस्थान



दिलकुमार लिम्बु,ताप्लेजुङ।

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी शाखा ताप्लेजुध्रको नाममा १ सय ५० रोपनीभन्दा बढी जग्गाको मालपोत कार्यालयमा कर तिर्ने काम मात्र हुँदै आएको तर जग्गा कहाँ कसले भोगचलन गर्दै छ कार्यालयसँग तथ्यांक छैन।चार स्थानीय तहका विभिन्न स्थानमा कम्पनीको नाममा जग्गा छ। तर कहाँ छ, संस्थानलाई कुनै अत्तोपत्तो नै छैन। कागजी स्रेस्ताअनुसार मालपोतमा राजस्व बुझाउने काम भने खाद्य संस्थानको जिल्ला कार्यालयले गर्दै आएको कम्पनीको ताप्लेजुङ शाखा प्रमुख तुलमाया लोवाले बताउनुभयो।

सदरमुकाम फुध्रलिध्रमा ३ रोपनी १ आना २ पैसा १ दाम जग्गा छ। यहाँ कम्पनीको गोदाम घर र कार्यालय सञ्चालन भइरहेको छ। केही खाली क्षेत्रमा कर्मचारीले बेलाबेलामा सागसब्जी रोप्दै आएका छन्। १५७५ नम्बरको एउटै कित्ता रहेको स्रेस्तामा उल्लेख छ। मैवाखोला गाउँपालिकामा दुई कित्ता जग्गा छ। ३७१ कित्ताको २ रोपनी १४ आना ३ पैसा २ दाम र ३६९ नम्बरको कित्तामा ११ आना ३ पैसा ३ दाम जग्गा रहेको कार्यालयले जनाएको छ।सबैभन्दा बढी जग्गा आठराई त्रिवेणी गाउँपालिका-३ हाध्रपाध्रमा छ। यहाँ ६ कित्ता जग्गा रहेको संस्थानले जनाएको छ। ७८ नम्बर कित्तामा १४ रोपनी १३ आना २ दाम, २१३ नम्बर कित्तामा ९ रोपनी १ दाम २ पैसा, २१४ नम्बर कित्तामा ५ रोपनी ९ आना, ८९ नम्बर कित्तामा १२ रोपनी ८ आना २ पैसा २ दाम, ११५ नम्बर कित्तामा ११ रोपनी १५ आना ३ पैसा २ दाम र ४४२ नम्बर कित्तामा ११ रोपनी १४ आना ३ पैसा जग्गा रहेको स्रेस्तामा उल्लेख छ।

आठराई त्रिवेणी गाउँपालिकामा ६५ रोपनी जग्गा कम्पनीको नाममा छ। तर सो जग्गा कसले भोगचलन गर्दै आएको छ भन्ने कम्पनीसँग तथ्यांक नभएको प्रमुख लोवाले बताउनुभयो। ञजग्गाको स्रेस्ता छ तर जग्गा कहाँ छ कुनै पत्तो छैनु, उहाँले भन्नुभयो केही जग्गा पत्ता लागेको छ। बाँकी खोजी भइरहेको छ। अहिलेसम्म मालपोतमा तिरो तिर्ने काम मात्रै भइरहेको लोवाले बताउनुभयो।फक्ताध्रलुध्र गाउँपालिकाको वडा ३ लिध्रखिमको सिंवा बजारमा ३६३ कित्ता नम्बरको २ आना १ पैसा २ दाम कम्पनीको जग्गा देखिएको छ। खाद्य कम्पनीको गोदम बेवारिसे अवस्थामा छ। फक्ताध्रलुध्र गाउँपालिका ३ खेजिनेमा ४३ रोपनी ३ आना १ दाम जग्गा कम्पनीको नाममा रहेको छ। ३८ कित्ता नम्बर जग्गामा २४ रोपनी ८ आना ३ दाम जग्गा संस्थानको नाममा रहेको छ। ७५ कित्ता नम्बरमा ३ रोपनी १ आना २ पैसा ३ दाम जग्गा संस्थानको नाममा रहेको छ। ३३७ कित्ता नम्बर जग्गामा ४ रोपनी ६ आना ३ पैसा ३ दाम संस्थानको नाममा रहेको छ। १३४ कित्ता नम्बर जग्गामा ११ रोपनी २ आना संस्थानको नाममा जग्गा रहेको तथ्यांक छ।

कसरी प्राप्त भयो जग्गा ?

नेपालको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी नेपालकै जग्गाको हिसाबले धनी संस्था हो। पहाडदेखि तराईसम्म जग्गा प्रशस्त छ। खाद्य संस्थानमा जग्गाको स्रेस्ता मात्र धेरैको छ। जग्गा कहाँ छ, कसले भोगचलन गर्दै आएको छ भन्ने संस्थानसँग तथ्थांक छैन। २०३७ सालतिर खाद्य ठेकेदारमार्फत गाउँगाउँमा खाद्य संस्थानको चामल बिक्रीवितरण गथ्र्यो। ठेकेदारले गाउँघरको जग्गाको धनी पुर्जा खाद्य संस्थानको कार्यालयमा धितो राखेर आवश्यकतानुसारको कार्यालयबाट चामल लिएर ठेक्का गरेको नेपाल खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीका प्रमुख कार्यालय काठमाडौंका सम्पत्ति विभाग प्रमुख माधव अर्यालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्