उत्तर कोरियाद्वारा दुई वटा व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षपेण



सोल,(एजेन्सी)

उत्तर कोरियाले जापानको जलिय क्षेत्रमा दुईवटा व्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिका र जापनले जनाएका छन् । जोय बाइडेन अमेरिकी राष्ट्रपति बनेयताको उत्तर कोरियाको यो पहिलो क्षेप्यास्त्र प्रक्षेपण हो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको प्रस्तावना अनुसार प्योंगयांग माथि व्यालेस्टिक क्षेप्यास्त्र परिक्षण तथा प्रक्षेपण गर्न प्रतिवन्ध लगाइएको छ । साथै क्षेप्यास्त्रलाई खतरनाक हतियारको दर्जामा राखिएको छ । जापान र दक्षिण कोरिया दुवैले यो प्रक्षेपणको विरोध गरेका छन् ।

यसको केहि दिन अघि उत्तर कोरियाले दुइवटा गैर व्यालेस्टिक क्षेप्यास्त्र एलो सिमा प्रहार गरेको थियो । जापानले पछिल्लो क्षेप्यास्त्र परिक्षणको कुनै पनि अवशेष आफ्नो जलिय भूभागमा नखसेको जनाएको छ । एसिया प्रशान्त क्षेत्रको सैनिक फौज हेर्ने अमेरिकाको प्रशान्त क्षेत्रिय कमान्डले विहिवारको यस परिक्षणले उत्तर कोरियाको अवैध हतियार कार्यक्रमले त्यसको छिमेकी मुलुकहरु लगायत अन्तर्राष्ट्रिय समुदायलाई खतरामा पारेको दावी गरेको छ ।

तर बाइडेनले भने यस विषयमा औपचारिक रुपमा केहि प्तिक्रिया दिइसकेको छैन । तर उनले उत्तर कोरियाको गैर व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणलाई भने अमेरिकाले त्यसलाई चुनौतिको रुपमा नलिएको स्पष्ट पारेका थिए । ति छोटो दुरीका क्षेप्यास्त्र संयुक्त राष्ट्र संघले प्रतिवन्ध नलगाएको क्रुज क्षेप्यासत्र हुनसक्ने अनुमान गरिएको छ । मलेसियाले अमेरिका समक्ष सुपुर्दगी गरिएका मुन चोल म्युंग नामक व्यापारीलाई अमेरिकाले हिरासतमा राखेको केहि दिन पछि उत्तर कोरियाले यो पछिल्लो व्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।

मुन माथि उत्तर कोरियालाई विलासिताका वस्तुहरु उपलब्ध गराउन अमेरिकी वित्तिय प्रणाली मार्फत मुद्रा अपचलन गर्ने गरेको आरोप लगाइएको छ । मुनलाई सुपुर्दगी गरेको कारण निक ैरिसाएका उत्तर कोरियाले मलेसियासंगको कुटनीतिक सम्बन्ध नै तोडेको छ । यसैगरी हालै मात्र बाइडेनका टोलि जापान तथा दक्षिण कोरियाको भ्रमण सकाएर स्वदेश फर्केको छ । बाइडेन सरकारले अमेरिका पुन विश्वको रंगमंचमा फर्केको र यसले आफ्नो गठबन्धनलाई मद्धत गर्ने जनाएको छ ।

सन् २०१८ मा अमरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोंग उनबिच सिंगापुरमा भएको भेटवार्तामा प्योंगयांगले लामो दुरीका क्षेप्यास्त्र वा अन्य कुनै पनि परमाणविक हातहतियार परिक्षण नगर्ने विषयमा सहमति भएको थियो । कोरोना भाइरसको महामारीको कारण विगत एक वर्ष देखि उत्तर कोरिया अन्तर्राष्ट्रिय जगतबाट टाढै बस्दै आएको छ । यसले आफ्नो घनिष्ठ मुलुक तथा प्रमुख व्यापार साझेदार चीनसंगको सिमान समेत बन्द राखेको छ ।

प्रतिक्रिया दिनुहोस्