गर्भ तुहिँदा तीन दिन तलबी विदा पाइने



अकल्यान्ड, (एजेन्सी)

न्युजिल्यान्डमा गर्भ तुहेका वा मृत शिशु पाएका दम्पतीले तलबी विदा पाउने नयाँ कानुनको तर्जुमा भएको छ । यो नयाँ कानुन हालै मात्र संसदबाट पारित भएको हो । यो विधेयक संसदमा पेश गरेका विधायक गिन्नी एन्डर्सनले भनेकी छन् , ‘ यस कानुनले बच्चा जन्माउने आमा र तिनका अभिभावकहरुलाई तिनीहरुको दुखकोे बेला तलब पाउने गरी शोक विदा दिने छ । पहिला यस्ता अवस्थामा पिडितहरुले बिरामी विदा लिनुपर्ने चलन थियो । ’

यो कानुन कसैका बच्चा धर्म पुत्र वा पुत्री बनाउन खोज्ने वा भाडाका आमा प्रयोग गरी सन्तान जन्माउन चाहनेहरुका सवालमा पनि मान्य हुने बताइएको छ । यस्तो कानुन लागु गर्ने न्युजिल्यान्ड विश्वको दोश्रो मुलुक भएके बताइएको छ ।

यस अघि भारतले यो कानुन कायान्वयनमा ल्याएको थियो । संसदमा सर्वसम्मतबाट पारित यो कानुन अन्तर्गत सरकोकारवालाले तीन दिन तलबी विदा पाउने बताइएको छ । गत वर्ष मात्र न्युजिल्यान्डको संसदले गर्भपतनलाई अपराध नठहराउने विधेयक पारित गरेको थियो । सो कानुन अनुसार महिलाहरुले २० साता सम्मको गर्भपतन गराउन पाउने नयाँ प्रावधान बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्