प्रचण्ड – माधवबीच भेटवार्ता, सर्वोच्चको फैसलामाथि पुनरावलोकनमा जाने सहमती



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । बिहीबार कोटेश्वरस्थित नेता नेपालको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा बदर गर्ने सर्वोच्च अदालतको फैसलामा पुनरावलोकनमा जाने बारे छलफ भएको छ ।

भेटका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाललाई आफूहरू सर्वोच्चको फैसलामाथि पुनरावलोकनमा जानेबारे जानकारी गराएका थिए। जवाफमा नेपालले आफूहरूको समर्थन रहनेबारे अवगत गराएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्