मञ्जुले संगीतमा ल्याइन् पर्व होली



रंगहरूको पर्व फागुपूर्णिमा नजिकिँदै गर्दा सांगीतिक क्षेत्रमा यसको रौनक पनि बढ्दो छ। यसै क्रममा गायिका मञ्जु पौडेलले आफ्नो शब्द र स्वरमा फागुसम्बन्धी डान्सिङ गीत पर्व होली दर्शकमाझ ल्याएकी छिन्।

उनले आफ्नो होली गीत हालै आफ्नै युट्युब च्यानल मञ्जु पौडेलमार्फत म्युजिक भिडियोसहित सार्वजनिक गरेकी छिन्। गीतमा मञ्जुको साथमा गायक निरज श्रेष्ठको स्वर छ भने संगीत पनि निरजकै रहेको छ।होली गीतमा मञ्जुको छोरी मोडल स्नेहा पौडेल, अनुश्का अधिकारी, प्रज्वल सुजल गिरी र अंसु महर्जनले अभिनय गरेका छन्। दुर्गा पौडेलको निर्देशन र छायांकन रहेको गीतको म्युजिक भिडियोमा राजारम सिंखडाको कोरियोग्राफी तथा नवीन घर्ती मगरको सम्पादन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्