तोङ्बाको पानीसँगै विजय



गायक विजय लामाको नयाँ गीत तोङ्बाको तातोपानी हालै म्युजिक भिडियोसहित रिलिज गरिएको छ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्र्दै सार्वजनिक गरीएको गीत नखानु पानी तोङ्बाको सिक्वेलका रूपमा ल्याइएको गायक लामाले बताए। विजय लामाको स्वर रहेको गीतमा प्रेम लामाको शब्द र संगीत रहेको छ। गीतको म्युजिक भिडियोमा नायिका सुमी मोक्तानको साथमा अभि लामा, अस्मिता योञ्जन, समी श्रेष्ठ, नमिस योञ्जन र टेकमान लामाको अभिनय रहेको छ। गीतको भिडियोमा विभोर पोखरेलको निर्देशन तथा अनिल मानन्धरको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्