ढाकामा नेपाली प्रस्तुतिको प्रशंसा



का, बंगलादेश, (नेस)। नेपाली कलाकारको टोलीले बंगलादेशको राजधानी ढाकास्थित नेसनल परेड ग्राउन्डमा रोमाञ्चक सांगीतिक प्रस्तुति दिएको छ। नेपाल र बंगलादेशका कलाकारले एउटै मञ्चमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका हुन्।

बंगलादेशका राष्ट्रपिता बंगबधु शेख मुजिबर रहमानको शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सरिक राष्ट्रपति विद्यादेवी भण्डारीका साथ नेपाली कलाकार टोली पनि ढाका पुगेर सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका हुन्। सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का महाप्रबन्धक अशोकप्यासी राईको नेतृत्वमा १९ जना कलाकार राष्ट्रपतिको भ्रमण टोलीमा सहभागी थिए। समारोहमा नेपाली कलाकारको टोलीले राष्ट्रिय भावनामा जागृत गराउने विभिन्न नृत्यका साथमा मादल, बाँसुरी र सारंगीमार्फत चर्चित नेपाली लोकधुन प्रस्तुत गरेको थियो।

कार्यक्रममा वाद्यवादनतर्फ बाँसुरीमा दुर्गाप्रसाद खतिवडा, मादलमा नरेश प्रजापति र सारंगीमा हरिशरण नेपाली र वर्त गन्धर्व सहभागी थिए। त्यसै गरी नृत्यतर्फ शारदा सिलवाल, सवनम सिलवाल, रेखा कटवाल, माया थापा, सुशीला थापा, गीता घिमिरे थापा, सूर्या कार्की, दीपेश माझी, छलबहादुर थापा, सुजित श्रेष्ठ, सनम खड्गी, नवीन गुरु र शेखर घर्तीमगर सामेल थिए।कार्यक्रम अत्यन्तै सफल र भव्य भएको भन्दै महाप्रबन्धक राईले बने– ‘स्टेट भिजिटमा सांस्कृतिक कार्यक्रमका लागि कलाकारको टोली सहभागी हुनु खुसी र गौरवको क्षण हो। दुई देशका राष्ट्रपतिसहित बंगलादेशका प्रधानमन्त्री, मन्त्रीहरूलगायत विशिष्ट व्यक्तित्वको उपस्थितिमा भएको नेपाली कलाकारको प्रस्तुतिलाई सिंगो बंगलादेशले प्रशंसा ग¥यो।’ कलाकार टोली राष्ट्रपतिसँगै नेपाल नेपाल वायुसेवा निगमको चार्टर फ्लाइटमा ढाका पुगेका थिए।

 

 

 

प्रतिक्रिया दिनुहोस्