नक्कली पैसा छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ



न्युज अफ नेपाल ,काठमाडौं ।

कीर्तिपुरमा नक्कली ५ सय र १ हजारका नेपाली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट घर भएका गनबहादुर लोप्चन ‘राजु’ र निता तामाङ ‘माया’ लाई महानगरीय प्रहरी वृत कालिमाटीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

नक्कली नोट बोकेका व्यक्ति कलंकीमा आएको सुराकको आधारमा प्रहरीले उनीहरुको पिछा गरेको थियो । कलंकीबाट ५ सय दरको ९ वटा नोट बरामद गरिएको थियो । कीर्तिपुरमा उनीहरुको डेरा सर्च गर्दा हजार रुपैयाँ दरका ४९ वटा र ५ सय दरको थप ५६ वटा नक्कली नोट फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्