नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक शुक्रवार बिहान ११ बजे बस्ने बताइएको छ । नेपाल पक्ष आफू निकटका विद्यार्थी संगठनदेखि महिला संगठनहरुमा समानान्तर कमिटी बनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ गते आफ्नो पक्षको केन्द्रीय समिति बैठक बोलाई केन्द्रीय सदस्यको मनोनयन गरेको तथा नेताहरुको जिम्मेवारी खोसेको बताउदै नेपाल पक्षले समानान्तर कमिटी बनाएर अघि बढ्ने निर्णय गरेको हो ।

फागुन २८ गते बसेको ओली पक्षको बैठकले माधव नेपाल र झलनाथ खनाल निकट नेताको जिम्मेवारी खोस्दै पूर्व माओवादी केन्द्ररका नेता तथा मन्त्रीहरुलाई सो जिम्मेवारी सुम्पिएको थियो । नेपाल समूहले भने ओलीेको ‘एकलौटी’ निर्णय खारेजीको माग राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्