भारतले कोरोना भ्याक्सिनको निर्यातमा रोक लगायो



न्युज अफ नेपाल , काठमाडौं ।

भारतमा कोरोना सक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि भारत सरकारले अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशील्ड भ्याक्सिन निर्यातमा रोक लगाएको छ । भोलीका दिनमा भारतमा खोप अभाव हुन सक्ने भन्दै तत्काल खोप निर्यात बन्द गर्ने निर्णयमा सरकार पुगेको भारतीय संचार माध्यमहरुले बताएका छन् ।

भारतमा कोरोनाको नयाँ लहर शुरू भएको छ, जहाँ दिनहुँ ५० हजार हाराहारीमा संक्रमित भेटिइरहेका छन्। भारतीय संचार माध्यमका अनुसार अहिले भारतभर कोरोना विरुद्धको भ्याक्सिन उच्च माग भइरहेको छ। त्यसैका कारण अब अप्रिल महिनाको अन्त्यसम्म नै अन्य देशमा भ्याक्सिन पठाउन रोकिएको हो ।

यो निर्णयसँग नेपालको खोप अभियान पनि प्रभावित हुने भएको छ । नेपाल सरकारले भारतको सिरम इन्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप फागुन ९ गते नेपाल ल्याइएको थियो । थप १० लाख डोजका लागि सिरमलाई रकम भुक्तानी गरिइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्