बलियो नेपाल कप यही चैतमा



नेपाल समाचारपत्र, काठमाडौं

क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रा. लि.को आयोजना र बलियो नेपालको पोषण अभियानको सहयोगमा ‘बलियो नेपाल कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता यही चैत २१ गतेदेखि २८ गतेसम्म दाङको लमहीमा सञ्चालन हुनेछ । यस प्रतियोगिताअन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्लाहरूबाट १६ वर्ष मुनिका खेलाडीहरूबीच अन्तरजिल्ला क्रिकेट प्रतिस्पर्धा गराइनेछ । क्वीन्स इभेन्ट्सले १२ वटै जिल्लास्थित क्रिकेट संघहरूमार्फत् खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्नेछ ।

छनोट भएका खेलाडीहरूलाई क्रिकेट संघहरूको सिफारिसमा प्रतिस्पर्धामा समावेश गरिनेछ । यस प्रतियोगिताका उत्कृष्ट प्रतिभावान् महिला तथा पुरुष खेलाडीहरूलाई आगामी दिनमा क्रिकेटसम्बन्धि विभिन्न कार्यक्रमहरूमा समावेश गरिनेछ । क्रिकेट खेलका लागि सम्भावना बोकेका प्रतिभाहरूको खोजी गर्नु र तिनीहरूलाई दक्ष खेलाडी बन्न अवसर सिर्जना गर्नु बलियो नेपाल कपको मुख्य उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस्