दासढुंगामा ट्रक र कार ठोक्किए, दुई जनाको मृत्यु



काठमाडौं । चितवनको दासढुंगामा ट्रक र कार एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। नारायणगढ–मुग्लिन सडक खण्डको दासढुंगामा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ट्रकबिपरीत दिशाबाट आइरहेको कार एक आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको र ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

कारमा सवार तनहुँ रम्घा नगरपालिका ४ बस्ने २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथ नगरपालिकाका ३१ वर्षीय रामकृष्ण भुजेलको मृत्यु भएको उनले बताए। कारका चालक लमजुङको मध्यनेपाल ७ बस्ने ४२ वर्षीय पदम सापकोटा र स्याङजाको बिरुवा ३ बस्ने ४२ वर्षीय प्रसाद थापा गम्भीर घाइते छन्। उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्