चर्चित बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण



न्युज अफ नेपाल,काठमाडौं ।

भारतमा कोरोना भाइरसको दोस्रो पटक तीव्र रुपमा फैलिन थालेको छ। पछिल्लो पटक कोरोनाको दोस्रो लहरले बलिउड अभिनेता आमिर खानलाई पनि भेटेको छ। कोरोना संक्रमण पुष्टि भएपछि अभिनेता खान अहिले होम क्‍वारेन्टाइनमा छन्।

आमिरका प्रवक्ताका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनी अहिले घरमै रहेका छन्। आमिरले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन भनेका छन्।

भारतको महाराष्ट्रमा कोरोना संक्रमण फेरि तीव्र गतिमा फैलिएको छ। फिल्म निर्माता सतीश कौशिक पनि कोरोना संक्रमण भएको छ। उनलाई अस्पताल नै भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्