मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुँदै



न्युज अफ नेपाल, काठमाडौं ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको सरकारविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ । नेकपा एमाले माधव पक्षको हालै बसेको स्थायी समिति बैठकले प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको हो ।

आज बसेको एमाले संसदीय दलको बैठकमा झलनाथ – माधव समूहका दुई जना सांसद् सहभागी भई प्रस्ताव फिर्ता गर्न तयार भएको जानकारी गराएका थिए । अब एमाले भित्रको घरझगडा तत्कालका लागि साम्य भएको जस्तो देखिएको छ– सांसद् राजेन्द्र राईले भने । तर यो भनेको तत्कालका लागि मात्र हो ।

हाम्रा मुद्धा यथावत् छन् ,केन्द्रमा कस्तो रणनीति बन्छ त्यस्तै नीति आफूहरुले पनि अख्तियार गर्ने उनले बताए । फागुन २३ गते एमाले ब्यूँतिएपछि समीकरणसमेत फेरिएको छ । अब भने राई नेतृत्वको सरकार तत्कालका लागि खतरामुक्त छ । प्रदेश सभामा एमालेको वहुमत छ ।

प्रतिक्रिया दिनुहोस्