मौसम बदली : हुरी र चट्याङसहित पानी पर्ने सम्भावना



काठमाडौं ।आज पनि मौसम बदली भएको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज देशको पहाडी भूभागमा आंशिदेखि सामान्य बदली भएकोले केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ । पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ११ गते (बुधबार)

दिउँसो :सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकि भू-भागमा पनि आंशिक बदलि रहेने छ । गण्डकी प्रदेश,कर्णाली र सुदुर पश्चचिम प्रदेशका थोरै स्थानहरु र बाँकि प्रदेशका पहाडि भू- भागका एक दुइ स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकि भू(भागमा आंशिक बदलि रहेने छ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १२ गते (बिहीबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू(भागमा आंशिक बदलि रहेने छ।देशको पहाडी भू-भागहरुका थोरै स्थानहरु मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती स् देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफ रहनेछ।देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १३ गते (शुक्रबार)

दिउँसो :प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती : गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने

प्रतिक्रिया दिनुहोस्