एमालेको केन्द्रीय कार्यालय सञ्जय अग्रवालको घरमा सर्ने तयारी



न्युज अफ नेपापल काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथलीमा रहेको व्यापारी सञ्जय अग्रवालको घरमा सर्ने तयारी गरेको छ । आज प्रधानमन्त्री केपी ओलीले सो घरको फाइनल डिल गर्दै छन् । सो घर प्रधानमन्त्रीका सल्लाहकार मोती दुगड मिलाएका हुन् । यसअघि बल्खुमा रहेको कार्यालय भूकम्पले क्षतिग्रस्त बनाएपछि यति समूहका आङछिरिङ शेर्पाको धुम्बाराही स्थित घरमा सरेको थियो ।

उक्त भवनलाई एमालेले सुरुमा मासिक एकलाख ५० हजार भाडा तिरेको थियो । पछिल्लो समय दुई लाख २५ हजार भाडा तिर्दै आएको छ  । नेकपा हुँदै गत बर्ष माघमा बसेको केन्द्रीय कमिटी बैठकले १५ दिन भित्र पार्टी कार्यलय बल्खुमा शिलान्यास गर्न भनिएको थियो । तर १५ दिनमा शिलान्यास नभएपछि कोरोनाका कारण कार्यलय बनाउने काम त्यतिकै थन्केको थियो ।

प्रतिक्रिया दिनुहोस्