महिला तथा पुरुष भलिबल हुने



पाल्पा, । 

बगनासकाली गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा चौथो बगनासकाली महिला तथा पुरुष रनिङ शिल्ड भलिबल प्रतियोगिता हुने भएको छ । यही चैत १३ र १४ गते वीर प्रावि चिर्तुङ्धाराको खेलमैदानमा प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा बगनासकाली गाउँपालिका का ९ वटै वडाका महिला तथा पुरुष भलिबल टिमले सहभागिता जनाउने बताइएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २०–२० हजार रुपैयाँ, द्वितीय हुने टिमलाई नगद १५ –१५ हजार र तेश्रो हुनेलाई नगद १०–१० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्