रिहाना १ सय ६० करोडको बंगलामा



गीत–संगीतका साथ विभिन्न हर्कतका कारण चर्चामा छाइरहने चर्चित गायिका तथा मोडल रिहाना यति बेला भने फेरि महँगो बंगला खरिद गरेका कारण चर्चामा छिन्।

रिहानाले हालै अमेरिकाको क्यालिफोर्नियास्थित बर्वेली हिल्समा एक नयाँ बंगला खरिद गरेकी छन्। जहाँ पहिलेदेखि नै धेरै हलिउड सेलिब्रेटीको घर रहेका थिए। उनले खरिद गरेको सुविधासम्पन्न बंगलाको मूल्य झन्डै १ सय ६० करोड रुपियाँ रहेको समाचारमा जनाइएको छ। जुन निकै ठूलो क्षेत्रफल २१ हजार ९ सय ५८ वर्गकिलोेमिटरमा फैलिएको छ। १९३० मा निर्मित उक्त बंगलाभित्र धेरै स्थान खालि छोडिएको छ भने ५ वटा बेडरुम, ७ वटा शौचालयका साथमा अन्य प्रायोजनका कोठा रहेका छन्।

आधुनिक डिजाइनमा तयार गरिएको उक्त बंगलामा स्विमिङ पुल, स्पा फायरपिट्स जस्ता आधुनिक सुविधा सम्पन्न रहेका छन्। रिहानाले हालै सामाजिक सञ्जालमा आफ्नो नयाँ बंगलाको फोटो शेयर गरेकी छन्। जसमा उनलाई बधाईको ओइरो लागेको छ। यो बंगलाबाहेक पनि रिहानाको नाममा धेरै सम्पत्ति छ। सन् २०१९ मा रिहाना सबैभन्दा धनी गायिकाको सूचीमा पहिलो नम्बरमा परेकी थिइन्।

अभिनेत्री तथा निर्मात्री मौसमी मल्ल नवलपरासीको कावासोतीस्थित हात्तीखोरमा आमा भद्रकुमारी सेनको काजक्रियामा। भद्रकुमारीकी एकमात्र सन्तान मौसमीले आमाको निधनपछि आफैं दागबत्ती दिएर आमाको अन्त्येष्टि गरेकी थिइन्। उनले बाबु चोपबहादुर मल्लको काजक्रिया पनि आफैंले गरेकी थिइन्। तस्वीर ः गोविन्द राई

प्रतिक्रिया दिनुहोस्