फर्किएर हेर्दा चैत ११ गते (लकडाउनका तस्वीरहरु)



न्युज अफ नेपाल ,काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन सरकारले गत बर्ष चैत ११ गते विहान ६ बजेबाट सुरु भएको लकडाउन घोषण गरेको दिन चैत ११ गते आज एक बर्ष पुरा भएको छ । लकडाउनका कारण राजधानीका सडक सुनसान रहेको थियो ।

विभिन्न ठाउँमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति हुने गर्थे । विगतदिन जस्तै अत्यावश्यक सेवा र पासबाहक गाडी बाहेक अन्य सवारी सञ्चालन हुन दिदैन थिए । प्रहरीले लकडाउनका समयमा हिड्नेहरुलाई कारवाही गर्थे। नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउन घोषणा गरी केही समयसम्म लकडाउन कायमै रहयो । लकडाउन अवधिमा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्