बसको ठक्करबाट पैदलयात्रुको मृत्यु, बस चालक पक्राउ



कैलाली । लम्कीचुहा नगरपालिका – १ लम्की चोकस्थित सडकमा ना।६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका – १ थकालीपुर बस्ने २२ वर्षीया कमला देवकोटा बुढाको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले पक्राउ गरेको छ । साथै शव बोकी ईलाका प्रहरी कार्यालय लम्कीतर्फ लैजाने क्रममा करिब ३ सय जना स्थानीयले प्रहरी बिटमा आगजनी गर्नुका साथै ईलाका प्रहरी कार्यालयको पोष्ट र ढोकामा तोडफोड तथा प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले सम्झाई बुझाई गर्दा समेत उल्टै प्रहरीमाथि ढुङ्गामुढा गरेपछि आत्म सुरक्षाको लागि प्रहरीले ब्ल्याङ्क फायर समेत गरेको छ । उत्तेजित भीडलाई नियन्त्रणमा लिने क्रममा सोही ठाउँ बस्ने २ जना घाईते भएका छन् । उनीहरूलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाईएको छ । जिल्ला प्रहरी कार्यालय समेतबाट प्रहरी टोली खटिई गई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्