ट्रम्पको अनुहारमा मुक्का बर्साएपछि…



ह्युस्टन, (एजेन्सी)

टेक्सास संग्रहालयले आगन्तुकहरुले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मैनबाट बनेको मुर्तिको अनुहारमा मुक्का हान्ने गर्न थालेपछि त्यहाँबाट मुर्ति हटाएको छ । आक्रोसित आगन्तुकहरुले सो मुर्तिमा पिट्ने , मुक्का हान्ने र चिथोर्ने गर्न थालेकाले त्यसलाई भण्डार कक्षमा थन्काइएको संग्रहालयका व्यवस्थापन पक्षले जनाएको छ । सान एन्टोनियोको लुइस टुस्साउड्स वाक्सवर्कसमा राखिएकोे मुर्ति हटाइएको हो ।

संग्रहालयलाई उद्रित गर्दै सान एन्टोनियो एक्सप्रेसले पुर्व राष्ट्रपति जर्ज वासिंगटनको मुर्तिलाई जस्तै ट्रम्पका मुर्तिलाई थप बिग्रन नदिन जतनका साथ पोका पारेर भण्डार कक्षमा सुरक्षित राखिएको जनाएको छ । ट्रम्पको मुर्तिलाई संग्हालयका विभिन्न स्थानमा सारिँदा पनि आक्रमणका घटना नरोकिएपछि अन्तत मुर्ति नै हटाइनु परेको बताइएको छ ।

गत वर्षको नोभेम्वरको राष्ट्रपतिय चुनावमा ट्रम्प जोय बाइडेनसंग पराजय हुन पुगेका थिए । क्यापिटल भवनमा भएको हुलदंगाका लागि पनि ट्रम्पलाई नै दोषि ठहराएर महाभियोग समेत लगाइएको थियो । यद्यपि उनले महाभियोगबाट सफाई पाएका थिए ।

गत २० जनवरीमा अमेरिकाको ४५ औं राष्ट्रपतिको कार्यकाल समाप्त् हुने क्रममा ट्रम्पको लोकप्यिताको दर झरेर ३७ प्तिशतमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्