सबैभन्दा महंगो मह बनाएर विश्व रेकर्ड कायम



इस्तानवुल, (एजेन्सी)

टर्कीको एक खाद्यान्न उत्पादन कम्पनीले विश्वकै सबैभन्दा महंगो मह बनाएर गिनिज वल्र्ड रेकर्ड राख्न सफल भएको छ । गुफामा उत्पादन गरिएको बताइएको सो महको एक पाउन्डको ५ हजार ४ सय अमेरिकी डलर पर्दछ । गिनिजले समुद«ी सतह भन्दा आठ हजार फिट भन्दा उचाई स्थित गुफामा उतपादन गरिएको सो विश्वकै सबैभन्दा महंगो महको प्रति पाउन्ड ५ हजार ४ सय ९ डलर तोकिएका जनाएको छ ।

कालो रंग सो महको स्वाद तितो रहेको बताइएको छ । सेन्टाउरी हनी नामक कम्पनीले यस महमा उच्च मात्रामा म्याग्नेसियम , पोटास्सियम , फेनोल्स , फभोनोइडस र एन्टिअकिसडेन्ट्स हुने भएकाले स्वास्थ उपचारका लागि वरदान सावित हुने दावी गरेको छ ।

सेन्टाउरीले अधिकांश व्यावशायिक मह वर्षको दुई वा तीन पटक उत्पादन हुने तर यो मह भने वर्षको एक पटक मात्र उत्पादन हुने पनि बताएको छ । साथै सेन्टाउरीले मह उत्पादन पछि जहिले पनि गुणस्तर परिक्षणका लागि तुर्केली बैज्ञानिक परिष तथा खाद्यान्न प्रतिष्ठानमा नमुना पठाइने गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्