पर्साबाट २ जुवाडे पक्राउ



कृष्णउदास खनाल, वीरगन्ज ।

जिल्ला प्रहरी कार्यालय पर्साले जुवा खेलिरहेको अवस्थामा पर्साबाट दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको बहुदरमाइ नगरपालिका वडा नम्बर ९ बिश्रामपुरबाट जुवा खेलिरहेको अवस्थामा दुईलाई नगद रकम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा बहदुरमाइनगरपालिका वडा नम्बर ९ का ४० बर्षीय उमेश राउत कुर्मी र सोही ठाउँकै ३० बर्षीय लालबावु प्रसादलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । उनीहरुको साथबाट नगद २१ हजार २ सय ६० रुपैयाँ समेत बरामद भएको पनि उहाँले जानकारी दिनुभयो । उनीहरुलाई सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको पनि पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्