दक्षिण कोरियाली राष्ट्रपतिले एस्ट्राजेनिकाको खोप लगाउनुभयो



सोल ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले मंगलबार कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउनुभएको दक्षिण कोरियाली राजधानी सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

उहाँले अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्तरुपमा विकास गरेको खोप लगाउनुभएको हो । उक्त कम्पनीको खोपका विषयमा विश्वका कतिपय देशमा विवाद उत्पन्न भएको थियो ।

सो खोप लगाएका मानिसहरुमा रगत जम्ने समस्या देखा परेको भन्दै उक्त खोप नलगाउन भनिएको थियो । तर युरोपेली युनियनले गरेको अनुसन्धानका क्रममा सो भने सो खोपमा त्यस्तो खराबी नदेखिएको पाइएको बताइएको थियो ।

राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियको राजधानी सोलमा रहेको एक पब्लिक हेल्थ सेन्टरमा पुगेर सो खोप लगाउनुभएको यहाँका टेलिभिजनहरुले देखाएका सो समाचारमा जनाइएको छ ।

राष्ट्रपति मुन जाय इन केही दिनपछि केही देशको भ्रमणका लागि जानुहुने भएको छ । उहाँ आगामी जुन महिनामा देश बाहिरको जानु हुने भएको एक समाचारमा जनाइएको छ ।

त्यसैले सो भ्रमणलाई समेत मध्यनजर गरेर स्वास्थ्य सुरक्षाका लागि उहाँले खोप लगाउनुभएको प्राप्त समाचारमा जनाइएको छ । जर्मनी, फ्रान्स, इटालीलगायतका देशले शुरुमा यो खोप नलगाउने भनी सार्वजनिक घोषणा गरेको भए पनि पछिल्ला केही दिनयता पुनः यो खोप लगाउन थालेका बताइएको छ ।

ती देशमा पनि यो खोप लगाएका विरामीमा रगत जम्ने समस्या देखा परेको भन्दै सो खोप रोेकेका थिए । तर अहिले भने युरोपियन मेडिसिन एजेन्सीले सो समस्या नदेखिएको र खोप सुरक्षित रहेको भनेपछि उक्त खोप ती युरोपेली देशले पनि लगाउन थालेका हुन् ।

विश्व स्वास्थ्य संगठनका विज्ञले खोप सुरक्षित रहेको दाबी गरेका थिए । विश्वमा हाल २७ लाख ३५ हजार भन्दा बढी मानिसको कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।

यहीबीच विश्व स्वास्थ्य संगठन, अस्ट्राजेनिका कम्पनी र युरोपेली औषधि नियामक निकाय (इएमए)ले अस्ट्राजेनिका खोप सुरक्षित रहेको बताएका छन् । उनीहरुको भनाइमा खोप लगाएका व्यक्तिमा रगत जमेको भन्ने विवरणमा पूर्णसत्यता छैन ।

विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले आमजनतालाई नआत्तिन र अस्ट्राजेनिका खोप लगाउने कार्यलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो ।

अस्ट्राजेनिकाको खोप अहिले विश्व बजारमा सबैभन्दा सस्तो छ । कमजोर आर्थिक स्थिति भएका मुलुकका लागि सहज भएकाले पनि यो खोपको माग बढ्दो छ । युरोप बाहेकका अन्य मुलुकले यो खोप बढी प्रयोग गर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्