कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी गरिएको छैनः देउवा



hggfos lakL sf]O/fnfsf] :d[lt lakL sf]O/fnfsf] #%cf}F :d[lt lbj;sf cj;/df k|hftflGqs ljrf/ ;dfhn] sf7df8f}Fdf z’qmaf/ cfof]hgf u/]sf] sfo{qmdnfO{ ;Daf]wg ub}{ k|wfgdGqL Pj+ g]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjf . tl:a/ M /f]zg ;fksf]6f, /f;;

मोरङ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते नगरेको स्पष्ट गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, “हाम्रो पार्टी प्रतिपक्षी भएकाले वर्तमान सरकारमा सहभागी हुँदैन, जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिका निर्वाह गर्न आदेश दिएकाले सोहीअनुसार सशक्त भूमिका निर्वाह गर्ने छ ।”

एक प्रश्नका जवाफमा पूर्वप्रधानमन्त्री देउवाले वर्तमान सरकार विरुद्ध आफ्नो दलले अविश्वास प्रस्ताव ल्याउने सम्बन्धमा आफूलाई थाहा नभएको बताउँदै अन्य दलले कहिले ल्याउने हो भन्नेबारे सम्बन्धित दलका नेतालाई नै सोध्न सल्लाह दिनुभयो । नेता देउवा सुनसरी, धरानको एक कार्यक्रममा सहभागी हुन यहाँ आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्