फुलवुट्टे सारी गाएकी युगान्डाकी गायिका भन्छिन, ‘नेपाली केटासँग बिहे गर्छु’ (भिडियोसहित )



काठमाडौं ।

नेपाली गीत फुलवुट्टे सारी गाएकी युगान्डाकी गायिका डे क्याप्टेन वियोन्सेले नेपालप्रति आफ्नो निकै ठुलो प्रेम रहेको बताएकी छन । उनले लकडाउनका कारण आफ्नो देश फर्कन नपाए पनि नेपालको मायाले यतै राखेको र भावी दिनमा नेपालमै बस्ने बताएकी हुन ।

नेपाली बोल्ने वियोन्सेले नेपाली युवासँगै विवाह गर्ने बताएकी छन । नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरु पनि उत्तिकै राम्रो लयमा गाउँ छिन् ।उनी भन्छिन्, ‘लकडाउनको समयमा म यता बस्न बाध्य भएँ । र यही लकडाउनकै समयले मलाई नेपाल र नेपालीप्रतिको मायामा अल्झायो । मलाई नेपालीसंगै बिहे गर्न मन छ । मलाई नेपाली खाना मन पनि पर्छ ।’ नेपाल र नेपाली प्रतिको प्रेमलाई बताउँदै विउन्सीले आफुलाई मन पर्ने लोक गीत पनि गाएर सुनाईन् ।उनले राजनराज शिवाकोटीको गीत ‘फूलबुट्टे सारी’ कभर गरेकी थिइन ।

उनले गीतको भिडियो पनि निर्माण गरेकी छिन् । भिडियोमा उनी आफैं फिचर्ड छिन् । मदन कृष्ण श्रेष्ठले वियोन्सेको प्रशंसा गरेका छन् । कति राम्रो, कति मिठो, राम्री पनि कति । सुहाएको पनि उस्तै, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, नेपाली गीत संगीतलाई यस्तरी मन पराइदिएको यी गायिकालाई एकपटक भेटेरै धन्यवाद दिन पाए हुन्थ्यो जस्तो लाग्यो । युगान्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कताबाट हो, केही थाहा छैन । यो गीतको लिजेन्ड भर्सन मदन कृष्णले गाएका छन् ।

भिडियो : साइनिङ नेपाल

 

प्रतिक्रिया दिनुहोस्