छलफलका लागि बालुवाटार पुगे जसपाका नेता



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा)का नेताहरु बालुवाटार पुगेका छन् । जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छलफलका लागि बालुवाटार पुगेका हुन् ।

अध्यक्ष ठाकुर र नेता महतो ओलीलाई सहयोग गर्ने पक्षमा देखिएका छन् भने जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र डा.बाबुरम भट्टराई यसको विपक्षमा रहेका छन् ।

त्यस्तै, गत बिहीबार जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा यादवले बिनासर्त ओलीको विकल्पमा तीन दलको गठबन्धन सरकार बनाउने प्रस्तावसहितको प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेका थिए । तर, बैठकमा प्रस्तुत गर्नुअघि नै उक्त प्रतिवेदन पाँच सदस्यीय पदाधिकारी बैठकमै विवादीत भएपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक रोकिएको थियो । ठाकुर र महतोले यादवको प्रतिवेदन अपरिपक्व भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्