दाङमा चैत २१ र २२ गते ज्योतिष, वास्तु तथा अध्यात्म सम्मेलन हुने



न्युज अफ नेपाल, दाङ ।

दाङमा आगामी चैत्र २१ र २२ गते ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलन हुने भएको छ । धार्मिक सांस्कृतिक पर्यटनको विकास र विस्तारमा योगदान गर्ने उदेश्यले नेपाल ज्योतिष परिषदको आयोजनामा घोराहीमा १८ औं ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलन हुन लागेको हो ।

सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र नेपाल संस्कृत विश्वबिद्यालयका उपकुलपतिले गर्ने आयोजकले जनाएको छ । सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहित लगभग ४५० भन्दा बढी ख्यातिप्राप्त सुप्रसिद्ध विशिष्ट ज्योतिषीहरुको सहभागिता रहने भएको छ ।

सम्मेलनले लुम्बिनी प्रदेशको धार्मिक तथा सांस्कृतिक पर्यटन विकास र प्रवर्द्धनमा टेवा पुग्ने नेपाल ज्योतिष परिषदका केन्द्रीय सचिव एबं सम्मेलनका संयोजक सह– प्राध्यापक डा. अर्नुन प्रसाद भट्टराईले बताउनुभयो ।

सम्मेलनमा आचरण निर्माणमा पूर्वीय दर्शनको भूमिका, खगोल र विज्ञान, कुण्डली विज्ञान अनुसार पेशा, व्यवसाय, वैदेशिक यात्रा, दाङका धार्मिक तथा पर्यटकीय स्थलहरु, वास्तु अनुसार गृह निर्माणमा मूलद्वारको भुमिका विषयहरुमा छलफल हुने बताइएको छ ।

सम्मेलन हुन लागेको सोमबार घोराहीमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले हाम्रो धर्म र संस्कृतिलाई व्यवस्थित गर्न र संरक्षणमा सम्मेलनको महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो ।

ज्योतिष परिषद लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष मेघराज आचार्य तुफानको स्वागत मनतब्यबाट सुरु भएको ज्योतिष परिषदका केन्द्रीय सदस्य केशव गौतम, ज्योतिष परिषद लुम्बिनी प्रदेशका महासचिव ढुण्डीराज ज्ञवाली, ज्योतिष परिषद लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष मेघराज आचार्य तुफान, ज्योतिष परिषद जिल्ला कार्यसमिति दाङका अध्यक्ष कपिलदेव सुवेदी, ज्योतिष परिषद लुम्बिनी प्रदेश सदस्य माधवा शर्मा, ज्योतिष परिषद घोराही नगर कार्यसमितिका अध्यक्ष ढुण्डीराज खनाल, ज्योतिष परिषद तुलसीपुर नगर कार्यसमितिका अध्यक्ष ठाकुर प्रसाद देवकोटा लगायतका सहभागी रहनुभएको थियो ।

ज्योतिष परिषदका केन्द्रीय सचिव सह प्राध्यापक डा. अर्जुन प्रसाद भट्टराईको अध्यक्षतामा पत्रकार सम्मेलन गरिएको हो । कार्यक्रमको सहजीकरण ज्योतिष परिषद जिल्ला कार्यसमिति दाङका सदस्य सन्जीव देवकोटाले गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस्