ट्राफिक व्यवस्थापन सहज बनाउन थप ‘ट्राफिक स्वयंसेवक’ परिचालन



गणेशबहादुर मल्ल, काठमाडौं ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एव व्यवस्थित बनाउने उद्देश्यले ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयंसेवक परिचालनलाई तीव्रता दिएको छ ।उपत्यकामा बर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदलयात्रु दुर्घटनामा परी अनाहकमा ज्यान गुमाउनुको साथै ठुलो संख्यामा अंगभङ्ग हुने गरेको तथ्याङ्कबाट देखिएको छ ।

सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरी लापरबाही तरिकाले सडक पार गर्ने, जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र समग्र सडक व्यवस्थापनमा समेत त्यसले असर परेकाले त्यसलाई न्युनिकरण गर्न ट्राफिक स्वयंसेवक परिचालन एउटा प्रभावकारी भएको महाशाखाले जनाएको छ ।महाशाखाले राष्ट्रिय सेवा दलका ५० जना र ट्रिनिटी कलेज र मेधावी कलेजका ४५ जना बिद्यार्थीलाई स्वयंमसेवक सम्बन्धी प्रशिक्षण दिइ सवारी तथा पैदलयात्रीको चाप हुने विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा १० दिन सम्म सोमबार देखि परिचालन गरिएको महाशाखाले जनाएको छ ।उपत्यकाको बढि सवारी चाप तथा पैदलयात्रुको भीडभाड हुने स्थानमा सहजर सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिदै आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । त्यसरी खटिने ट्राफिक स्वयंसेवकले सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुलाई जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रवाह गर्ने हेतु स्वयमसेवकले कार्य गर्ने एसएसपी भट्टराईले जानकारी दिनुभयो ।

केहि मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस हुनेहुँदा ट्राफिक स्वयंसेवकले त्यो वातावरण तयार पार्ने विश्वास व्यक्त गर्नुभयो । जेब्राक्रसिङ तथा जथाभावी बाटो काटदा दुर्घटनामा परि मानिसको ज्यान गएको विगतको घटना सम्झदै उहांले पैदलयात्रुको बढी भीडभाड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन गरि उनीहरुलाई सुरक्षित यात्रा गराउन र सडक पार गर्न सहयोगी बन्ने समेत जानकारी दिनुभयो ।यस अघि महाशाखाले बिभिन्न संघसंस्था, स्कुल कलेजका विद्यार्थीलाई ट्राफिक स्वयमसेवक सम्बन्धी प्रशिक्षण दिई विभिन्न चरणमा परिचालन गरिएको र त्यसको प्रभावकारिता सँगै यसलाई निरन्तरता दिएको बताएको छ । हाल बिभिन्न चरणमा ६ सय १९ जना स्वयंसेवक परिचालन भैसकेका छन भने ५७ जना ले दैनिक काम गर्दै आएका छन ।

स्वयमसेवक परिचालन बाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा आम जनमानसले थोरै भएपनि राहत महशुस गर्ने र पैदलयात्रुलाई सहजता मिल्ने महाशाखाको बुझाई छ । स्वयंसेवकको उपयोगिता एव प्रभावकरिता हेरेर आगामी दिनमा थप परिचालन बढाउँदै लगिने महाशाखाले जनाएको छ ।
(प्रशिक्षार्थी पत्रकार)

प्रतिक्रिया दिनुहोस्