सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय गरेको छ। मंगलबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गत फागुन २३ गते सर्वोच्चले गरेको नेकपा एकता भंगको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय गरेको हो ।

कानुन व्यवसायीहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायतसँगको छलफलमा उनीहरुले ६० दिनभित्र पुनरवलोकन गर्न सकिने भएकाले तत्काल पुनरवलोकन गर्न सुझाएको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्