सारिकाले ल्याइन् ह्याप्पी होली



रंगको पर्व फागुपूर्णिमा नजिकिँदै जाँदा यससम्बन्धी गीत सार्वजनिक भइरहेका छन् । यही क्रममा पछिल्लो समय गीत गायनमा निकै सक्रिय नायिका सारिका घिमिरेले पनि होली गीत ल्याएकी छिन्।

सारिकाको साथमा योगेश काजी र सुवास श्रेष्ठको स्वर रहेको होली गीत ह्याप्पी होली म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो। सारिकाले नै लेखेको शब्द रचनामा योगेशको संगीत तथा संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

शिव विकको कोरियोग्राफी र निर्देशन रहेको गीतको म्युजिक भिडियोमा गायकद्वय योगश र सुवासको साथमा दुर्गेश थापा र लोसिना लामिछाने फिचर्ड छन्। भिडियो अजय रेग्मीले छायांकन गरेका छन् भने सम्पादन मिलन विश्वकर्मा र पदम सुवेदीको छ।

प्रतिक्रिया दिनुहोस्