उपकरण व्यवसायीको सभा



नेपाल चलचित्र उपकरण संघको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। चलचित्र विकास बोर्ड चाबहिल सरस्वती नगरमा बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा संघका निवर्तमान महासचिव सम्राट सापकोटाले अध्यक्षता गरेका थिए।
कार्यक्रममा संघका नवनिर्वाचित पधाधिकारीहरुलाई शपथ ग्रहण गराइयो।

गत असोज ५ गते कार्यसमितिको सर्वसम्मत चयन गरिएको थियो। विश्वप्रकाश गौचनको अध्यक्षमा गठित कार्यसमितिको उपाध्यक्षमा रमेश बुढाथोकी, महासचिवमा केशव घिमिरे, कोषाध्यक्षमा जीवन थापा तथा सदस्यहरुमा माधव थापा, विष्णु कल्पित, रुद्र गुरुङ, मनोज राजभण्डारी, राजन पुरी, शान्तिराम थापा, चेतनाथ तिमल्सिना चयन भएका थिए।

कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष दाहालले संघ–संस्थाको आपसी संयोजन हुन जरुरी भएकोमा जोड दिए। उनले अब फिल्म क्षेत्रलाइ चलायमान बनाउनु पर्नेमा जोड दिँदै फिल्म निर्माण नभए उपकरणको काम नहुने औंल्याए। साधारणसभा संघका निवर्तमान अध्यक्ष सम्राट सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्