यही सरकारले चुनाव गर्छ: मन्त्री श्रेष्ठ



नेपाल समाचारपत्र, ललितपुर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव पास गरेर हटाउन चुसनौती दिनुभएको छ। ललितपुरमा आयोजित क्षेत्र नम्बर ९ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपत्यका इन्चार्जसमेत रहनुभएका मन्त्री श्रेष्ठले यस्तो चेतावनी दिनुभएको हो।

ओलीको सरकार सबैभन्दा शक्तिशाली भएको दाबी गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो । ञएमालेबाहेक सबै दल मिलेर अविश्वासको प्रस्ताव ल्याए मात्र प्रधानमन्त्री केपी ओलीलाई हटाउन सक्छ तर अहिलेको अवस्थामा त्यो सम्भव छैन। उहाँले चुनावपछि एमाले सबैभन्दा ठूलो पार्टी हुने दाबी पनि गर्दै भन्नुभयो । ञयही सरकारले चुनाव गर्छ, फेरि बहुमत ल्याएर केपी ओली नेतृत्वको सरकार बन्छ।कार्यक्रममा उहाँले पार्टीको विधानविपरीत गुटको भेला गरेको कारण एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको जानकारी दिँदै राजनीतिलाई अस्थिर पार्न खोज्नेमाथि कारबाहीको थालनी भएको बताउनुभयो। उहाँले स्पष्टीकरण सोधेका नेताहरुको जवाफ पर्खेको र उचित समयमा विधानअनुसार कारबाही प्रक्रिया अघि बढाइने जानकारी पनि दिनुभयो।

मन्त्री श्रेष्ठले प्रधानमन्त्री ओलीको कार्यकालमा माओवादीका महासचिव नेत्रबहादुर चन्द (विप्लव) र तराई आन्दोलनका नेता सीके राउतलाई राजनीतिको मूलधारमा ल्याउन सफल भएको चर्चा पनि गर्नुभयो।उहाँले प्रचण्डकी बुहारी एवं तत्कालीन खानेपानी मन्त्री विना मगरको कारण मेलम्चीको पानी आउन नसकेको टिप्पणी गर्दै भन्नुभयो+ ञओली सरकारले एक वर्षअघि नै पानी ल्याउने तयारी गरिसकेको थियो।

प्रतिक्रिया दिनुहोस्