सभा, सम्मेलन नगर्न जिल्ला प्रशासन मकवानपुरको अनुरोध



वाग्मती ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको संक्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार सर्वसाधारणलाई अपिल गरेको छ ।

कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायतका भिडभाड हुने काम नगर्न अपिल गरेको छ । साथै प्रशासनले भौतिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्